Logo

ईपीएस भाषा परीक्षा शुरु , परीक्षा अवधि २ घण्टा ४० मिनेट

ईपीएस भाषा परीक्षा शुरु , परीक्षा अवधि २ घण्टा ४० मिनेट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ असोज,काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा शनिवार देखि शुरु  भएको छ ।  परीक्षा विहान साढे ८ बजे र दिउँसो १ बजे गरी दुई सिफ्टमा परीक्षा सञ्चालन भएको हो । परीक्षाको समय अवधि २ घण्टा ४० मिनेटको समय तोकिएको छ ।
यसपटकको भाषा परीक्षामा सहभागी हुने ५१ हजार १ सय ३७ जनाले आवेदन फारम भरेका थिए ।

काठमाडौका १५ र पोखराका ३ गरी १८ वटा परीक्षा केन्द्रमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । परीक्षा लिन कोरियाबाट ५२ जनाको टोली काठमाडौ आएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियामा रोजगारीका लागि भाषा परीक्षा दिने नेपालीहरुको लाम लाग्ने गरे पनि ईपीएस शाखाले भने भाषा परीक्षा पास गरे पनि कोरिया लैजाने ग्यारेन्टी नहुने जनाएको छ ।

यसअघि ईपीएस भाषा परीक्षा दिएर पास भएकाहरु सबै कोरिया जान पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL