Logo

पछिल्लो २४ घण्टामा ११६ जना संक्रमित थपिँदा ३४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ११६ जना संक्रमित थपिँदा ३४ जना डिस्चार्ज



काठमाडौं । नेपालमा मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै उक्त संख्यामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

laxmi

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०।५३ प्रतिशत रहेको छ । हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL