Logo

गोयन्का सिमेन्ट र कमला रोलिङ्ग मिल्स स्टिलले पालना गरेनन् गुणस्तर मापदण्ड, इजाजतपत्र स्थगन

गोयन्का सिमेन्ट र कमला रोलिङ्ग मिल्स स्टिलले पालना गरेनन् गुणस्तर मापदण्ड, इजाजतपत्र स्थगन


बिजखबर संवाददाता
297
Shares

काठमाडौ । नेपाल गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालिको इजाजतपत्र स्थगन भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने यी दुई उद्योगलाइ कारबाही गरेको हो ।

laxmi

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगको गुणस्तर विभागको प्रयोगशालामा परीक्षण गराउँदा उक्त दुई उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए ।

गोयन्का पीएससी सिमेन्टको सात दिनको कम्प्रियसिभ स्टे«न्थको मान २२ एमपीए हुनुपर्नेमा १८ एमपीए भएकाले कारबाही गरेको हो । यस्तै कमला स्टिल्सको सङ्कलित नमूनाको सल्फर र फस्फोरसको मान ०.११९ प्रतिशत हुनुपर्नेमा ०.१०५ प्रतिशत भएकाले कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले दुवै उद्योगलाई नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम ९१६० अनुसार इजाजतपत्र स्थगन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL