Logo

चार महिनापछि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो, नयाँ श्रम स्वीकृति भने अन्यौलमै

चार महिनापछि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो, नयाँ श्रम स्वीकृति भने अन्यौलमै



काठमाडौं । कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति सरकारले झण्डै चार महिनापछि खुला गरेको छ ।

नेपालीको श्रम गन्तव्य देशमा आजदेखि पुनः श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले जानकारी दिएको छ ।

भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको हो । पुनः श्रम स्वीकृति खुले पनि नयाँको बारेमा कुनै निर्णय भएको छैन् । पुनः श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।

तर, अहिले कार्यालयमा पुनः श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कार्यालयले जनाएको छ । त्यही अनुसार कार्यालयले तयारी पनि गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो ।

बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ । पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL