Logo

नेपालीसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

नेपालीसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैंठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ ।

laxmi

सत्तारुढदल नेकपाको सचिवालयको बालुवाटारमा शनिबार बसेको बैठकले नेपालीसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ बर्षपछि मात्र अंगिकृत नागरिकता दिने निर्णय गरेको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘आजको बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयो, जसअनुसार नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालियो,’ बैंठक पछि उनले भने ।
जस अनुसार नेकपाले नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि मात्र सम्बन्धित व्यक्तिलाई वैवाहिक अंगिकृत नागरिकता दिनु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

तर सामाजिक, साँस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेर आएको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी त्यस्ता महिलालाई आवासीय परिचयपत्र प्रदान भने गरिने श्रेष्ठले जानकारी दिए ।

यता प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले भने बिवाह गरेर आउने वित्तिकै विदेशी महिलालाई अंगिकृत नागरिकता दिनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL