Logo

रुसले कोरोनाविरुद्धको खोप तयार पार्यो, तीन महिनापछि बजारमा आउने

रुसले कोरोनाविरुद्धको खोप तयार पार्यो, तीन महिनापछि बजारमा आउने



काठमाडौं। अबको तीन महिनापछि कोरोना भाइरसको संक्रमण होला कि भनेर डराउनु नपर्ने भएको छ । कोरोनाविरुद्धको भ्याक्सिन तीन महिनाभित्र रुसमा उत्पादन शुरु हुँदैछ । यसको औपचारिक जानकारी समेत आएको छ ।

laxmi

रुसमा क्लिनिकल परीक्षण सकिदै गर्दा आगामी अगष्ट या सेम्टेम्बर महिना देखि ठुलो परिमाणमा खोप उत्पादन शुरु गरिने त्यहाँका उपप्रधानमन्त्री टाटायाना गोलिकोभाले बताएकी छिन् । रुसी समाचार संस्था तासका अनुसार भेक्टर इन्स्टिच्युट खोप उत्पादनका लागि तयार भइसकेको छ ।

खोपको आधिकारिक प्रमाणिकरणपछि उत्पादन शुरु हुनेछ । अगष्टको शुरुमै परीक्षण सकिने र सोही महिना या सेप्टेम्बरभित्र ठुलो परिमाणमा उत्पादन हुने गोलिकोभाको भनाई छ । यसअघि नै उनले यही वर्षभित्र भ्याक्सिन विकास भइसक्ने र बजारमा आइसक्ने बताएकी थिइन् ।
भेक्टर रिसर्च सेन्टरसहित तीन रिसर्च सेन्टर खोप विकासमा लागेका थिए ।

विश्वका विभिन्न देशहरु खोप विकासको दौडमा छन् । त्यसमध्ये रुस पनि एक हो । अमेरिका, चीन, भारत, बेलायत, इजरायल, थाइल्यान्डलगायतका देशहरु खोप विकासमा सक्रिय छन् । कस्ले पहिले बाजी मार्ने हो भन्ने चासो सबैमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL