काठमाडौं । बुधबार बिहानै नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो गएपछि आवतजावत गर्ने सवारीसाधनहरु अवरुद्ध भएका छन् ।
पहिरोका कारण गन्तव्यमा जान नपाएपछि नारायणगढ – मुग्लिन सडकमा सवारीसाधनको लाईन देखिएको छ । बुधबार देखि जामका कारण झण्डै १५ किलोमिटर लामो गाडीको लाइन छ । चालकले ओभरटेक गर्दा जाम बढेको बताईएको छ ।