Logo

अब खाद्य तथा ब्यापार कम्पनीले उपत्यकामा निशुल्क खाद्य सामग्री डेलिभरी गर्ने, सस्तोडिलसँग सम्झौता

अब खाद्य तथा ब्यापार कम्पनीले उपत्यकामा निशुल्क खाद्य सामग्री डेलिभरी गर्ने, सस्तोडिलसँग सम्झौता



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने भएको छ । कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीका अनुसार बन्दाबन्दीको अवस्थामा रोगको सङ्क्रमणको जोखिम हुने भएकाले ग्राहकको सहजताका लागि यसरी सेवा थालिएको हो । यसअघि चक्रपथभित्र शुरु भएको सेवा अब भने चक्रपथ बाहिर पनि शुरु गरिएको उनले बताए ।

laxmi

इकमर्सको अर्डर लिने र डेलिभरी गर्नका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ । त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र इकमर्स कम्पनी सस्तोडिल डटकमबीच व्यापार साझेदारी सम्झौता भएको ज्ञवालीले जानकारी दिए । उनका अनुसार अबका दिनमा भने आफ्नै कर्मचारीसँगै सस्तो डिलमार्फत सामान घर–घरमा पुर्याइने छ ।

साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री सस्तो डिलले निःशुल्क रुपमा होम डेलिभरी गर्न थालिएको सस्तोडिल डटकमका निर्देशक अमुन थापाले जानकारी दिए। अहिलेको अवस्थामा सामाजिक सेवाकै रुपमा सरकारलाई सहयोग गर्नका लागि काम थालिएको र यसको सिकाइका आधारमा देशभर सेवा सञ्चालन गर्ने उद्देश्य रहेको उनले बताए ।

उनले कुनै पनि सेवा नलिइ सरकारी उत्पादन त्यही मूल्यमा निःशुल्क रुपमा घरसम्म डेलिभिरी गरिने समेत बताए । उपत्यकाको चक्रपथभित्र यसअघि नै सञ्चालन भएको सेवा अहिले भने चक्रथप बाहिर पाँच किलोमिटरसम्म पुगेर दिइने उनले बताए ।

कोभिड­१९ को महामारीले गर्दा लकडाउन शुरु भएसँगै इकमर्स सेवाको माग ह्वात्तै बढेको छ । सोही कारण कम्पनीले इकमर्स सेवा शुरु गरेको थियो । ग्राहकले सस्तो डिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी अर्डर गर्न सक्नेछन् । हाल दाल, चामल, नुन, डिडिसिका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ । अर्डर गरेको एक दिनभित्रै डेलिभरी हुने र कम्तीमा दुई हजारदेखि बढीमा पाँच हजारसम्मको अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL