Logo

कोरोनाविरुद्ध क्षयरोग र पोलियोको खोप परिक्षणमा ल्याइयो, प्रतिरोधात्मक प्रणालीलाई भाइरसविरुद्व लडन् मद्दत पुर्याउने ठहर

कोरोनाविरुद्ध क्षयरोग र पोलियोको खोप परिक्षणमा ल्याइयो, प्रतिरोधात्मक प्रणालीलाई भाइरसविरुद्व लडन् मद्दत पुर्याउने ठहर



काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको रोकथाम गर्न विभिन्न प्रकारको खोपहरु निर्माण भइरहेको छ । सम्पूर्ण देशहरु उक्त भाइरस विरुद्वको खोप निर्माणमा जुटेका छन् । परिक्षणका लागी तत्काल क्षयरोग र पोलियो विरुद्वको खोपलाई कोरोना विरुद्व प्रयोगमा ल्याइएको छ ।

laxmi

कोरोना विरुद्व पोलियोको खोपको परिक्षण सुरु भइसकेको जनाइएको छ । थुप्रै मानिसहरुले पोलियो र क्षयरोग विरुद्धको खोप प्रयोग गरिसकेका छन् । उक्त खोपले पहिलो चरणको प्रतिरोधात्मक प्रणालीलाई भाइरस विरुद्व लडन् मद्दत पुर्याउने जनाइएको छ ।

क्षयरोग विरुद्वको खोपको परिक्षण अमेरिका, अष्ट्रेलिया र नेदरल्याण्डमा भइरहेको छ । उक्त खोप नै अहिलेको अवस्था प्रभावकारी खोप आउने विश्वास वैज्ञानिकहरुले व्यक्त गरेका छन् ।

खोपलाई शरीरमा गइ घटीरहेको प्रतिराधात्मक प्रणालीलाई विकास गर्ने गरी पुर्ननिर्माण गरिएको हो । खोपहरुले कोरोना भाइरसको दास्रो चरणमा समेत लड्न मद्दत पुर्याउन सक्ने जनाइएको छ ।

पाकिस्तान क्षयरोगविरुद्व खोप अत्यधिक मात्रामा प्रयोग भएको र कोरोना विरुद्व पाकिस्तानीको मृत्यु दर कम रहेको कारण यसलाई प्रयोगमा ल्याउन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL