Logo

पूर्व अर्थमन्त्री डा. महतको सामाजिक उत्तरदायित्व, स्थानीय तहलाई स्वास्थ्य सामग्री बितरण

पूर्व अर्थमन्त्री डा. महतको सामाजिक उत्तरदायित्व, स्थानीय तहलाई स्वास्थ्य सामग्री बितरण



काठमाडौं । नेपाली काँगेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले नुवाकोट जिल्लाका विभिन्न गाउपालिका अन्तर्गत रहेका क्वारेन्टिनको ब्यवस्थापनको लागि आवश्यक स्वास्थ्य साम्रागी बितरण गरेका छन् । केही दिन यतादेखि नुवाकोट जिल्लामा बिदेशवाट र जिल्ला बाहिरवाट भित्रने जनतालाई सरकारले क्वारेन्टिनमा राख्ने निर्णय गरेपछि कोरोना फैलिनबाट रोकी जनताको जीवन रक्षामा विशेष ध्यान दिन र सावधानी अपनाउन पनि जिल्लाका विभिन्न सम्वन्धित निकाय र पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिँदै स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जिल्लाबाहिरबाट मानिसहरुको प्रवेश हुन थालेपछि कोरोना फैलिने संभावना बढेको भन्दै उहाँले आवश्यक सावधानी अपनाई जनताको जीवनरक्षा लाग्नुपर्नेमा जोड दिए । मानव जीवनलाई नै सखाप पार्न लागेको कोरोनो जस्तो प्राणघातक भाइरस फैलिदा पनि सरकारले न्यूनतम संवेदशीलता समेत नदेखाएको र आवश्यक राहत उपलब्ध गराउन नसकेको उनको आरोप छ । सरकारको आश गर्न थाल्यो भने जनता भोकभोकै मर्नसक्ने भन्दै उनले यस्तो सरकारसँग आश गर्नुभन्दा आफै सुरक्षा सावधानी अपनाउने र खाद्यान्नको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

। उक्त अवसमा नेता डा.महतले कोभिड १९ का बिरुद्ध सम्पूर्ण बिश्व मानव एक भएर लडनुपर्ने र यस्तो परिस्थितिमा कसैले पनि राजनैतिक आस्था विश्वासभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने बताए । नेता डा महतले शनिबार क्षेत्र नं २ का विभिन्न गाउँपालिका तथा नगरपालिका अन्तर्गत रहेका क्वारेन्टिनको ब्यवस्थापनको लागि आवश्यक स्वास्थ्य साम्रागी बितरण गरेका थिए । क्वारेन्टिन रहेका र अन्य जनताको कोरोनाको तीब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि जिल्लाभित्र कोरोना संक्रमण रोकथाम र नियन्त्रण संबन्धी पूर्वतयारीको अवस्थाका बारेमा गाउपालिका स्तरमा गई अध्यक्षहरुसँग भेटी जानकारी लिन डा. महत शुक्रबारदेखि नुवाकोटका विभिन्न स्थानमा पुगेका छन् ।

नेता महतले शुक्रबार पनि क्षेत्र नं १ अन्तर्गतका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग भेटी स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशील रहन सबै गाउपालिका प्रमुखहरुलाई र स्वास्थचौकी उप स्वास्थचौकी ,सामुदायिक अस्पताल आयुर्बेद अस्पताल ,गाउपालिका प्रशासनलाई समेत निर्देशन दिएका छन् ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा जिल्ला समन्वय नुवाकोटको प्रमुख सन्तमान तामाङ, कांग्रेन नेता रमेशकुमार महत, जिसस सदस्य जगदीश फुयाल, नेपाली कांग्रेस नुवाकोटका नेता बिनोद पाठक , जि पि फाउन्डेसन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठक , रामेश्वर थापा, प्रदिप थापा , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एंव ने वि संघ क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र लगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो । शिबपुरि ,दुप्चेश्वर ,तादि ,सूर्यगढी, पन्चकन्या लिखु गाउपालिका का प्रमुख, उप प्रमुख ,वडा अध्यक्ष तथा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा जिल्लाको विभिन्न गाउँपालिकाहरुमा पुगी स्वास्थ सामाग्री बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL