Logo

आजै थपिए २२६ जना नयाँ संक्रमित, संक्रमित संख्या १७९८ पुग्यो

आजै थपिए २२६ जना नयाँ संक्रमित, संक्रमित संख्या १७९८ पुग्यो



काठमाडौं । सोमबार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय १३ जना पुरुष र १३ जना महिलामा सोमबार कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार उक्त संख्या नयाँ संक्रमण पुष्टि भएपछि कुल संक्रमित १७९८ संख्या पुगेको छ ।

जस मध्ये २१३ जना पुरुष र १३ जना महिला रहेको मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिएका छन । संक्रमितहरु झापा, नवलपरासी, दैलेख, सुर्खेत, कपिलवस्तु, रौतहट, बाँके, दाङ, धनुषा, महोत्तरी, मकवानपुर, सर्लाही, सिरहा, उदयपुर, कैलाली, बैतडी, डोटी र कञ्चनपुरका रहेका छन ।

थप संक्रमितसँगै संक्रमित हुनेको संख्या १ हजार ७ सय ९८ जना पुगेको छ । जस मध्ये पुरुषको संख्या १६ सय ६७ जना रहेका छन भने महिलाको संख्या १३१ जना रहेको छ । त्यस्तै संक्रमित जिल्लाको संख्या ५९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL