Logo

कृषि बैंकको स्वयम्भु शाखाबाट ३४ करोड हिनामिना, कर्मचारीकै मिलेमतो

कृषि बैंकको स्वयम्भु शाखाबाट ३४ करोड हिनामिना, कर्मचारीकै मिलेमतो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१० भदौ, काठमाडौं । कृषि विकास बैंकको स्वयम्भु शाखाबाट करीव ३४ करोड रुपैयाँ निकालेको रहस्य खुलको छ । सो रकम बैंक कर्मचारीको मिलेमतोमा निकालिएको केन्द्रीय अनुशन्धान व्यूरो (सिआईवी)ले जानकारी दिएको छ ।

सिआईबीले रकम हिनामिनामा संलग्न भएको आरोपमा बैंकको स्वयम्भू शाखाका प्रमुख सुमन भुजेल, लेखापाल गीता पन्त र शाखा अधिकृत केदारप्रसाद गौतम सहित ९ जना पक्राउ गरेको छ ।

सिआईवीका अनुसार पन्त र गौतमले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरुमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफ्नो समूहले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए । उनीहरुले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोढ ८२ लाख ५ सय ७८ रुपैयाँ निकालेको रहस्या खुलेको छ ।

कृषि विकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा कार्यरत शाखा अधिकृत केदार प्रसाद गौतमले रामेछाप डडुवा १ घर भई भारत बस्ने राजिब थापा भन्ने कृष्णहरि थापासँग मिलेर यस्तो योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

रकम हिनामिना गरेको आरोपमा प्रहरीले केदार प्रसाद गौतमसँगै उनकी दुई श्रीमती जेनी श्रेष्ठ र सम्झना पोखरेल, स्वयम्भू शाखाकी लेखापाल गीता पन्त, शाखा प्रबन्धक भरतबहादुर बानियाँ र सुमन भुजेललाई पक्राउ गरेको छ । उनीहरूले केदार प्रसाद गौतमले कसूर गरी प्राप्त गरेको मध्येको रकम लुकाउन सहयोग गरेका थिए ।

त्यस्तै नक्कली खातावाल बनी रु. ६ करोड भन्दा बढी भुक्तानी लिने सुर्य बहादुर लिम्बु, हुण्डी मार्फत भारत पठाउन सहयोग गर्ने सन्दिप गुप्ता र राम कुमार कुम्हार पनि पक्राउ परेका छन्

प्रतिक्रिया दिनुहोस्
MBL