Logo

खुल्लामञ्चमा दुईतले पार्किङ, सव–वे पनि बन्दै

खुल्लामञ्चमा दुईतले पार्किङ, सव–वे पनि बन्दै


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

२७ साउन, काठमाडौ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा बेसमन्ट पार्किङ बनाउने भएको छ । हाल पार्किङ बनाउनका लागि वोलपत्र आव्हान गरिएको महानगरपालिकाको पब्लिक प्राइभेट पाटर्नसिप शाखाका प्रमुख शिवराज अधिकारीले बताए । ‘हामीले काठमाडौं उपत्यकाको पार्किङको समस्यालाई मध्यनजर गर्दै २ तले बेसमेन्ट पार्किङ बनाउन लागेका हौं,’ उनले भने, ‘साथै खुलामञ्चमा सव –वे पनि बनाउने छौं ।’

अधिकारीका अनुसार सरकारले सहरी क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने नीति ल्याएको नीति र नगरपरिषद्को पनि त्यस्तै नीति भएकोले पार्किङ बनाउन लागिएको हो । ‘हाललाई इच्छुक फर्म वा कम्पनीलाई अध्ययनका लागि आवेदन पेस गर्न खुल्ला गरेका छौं,’ उनले भने ‘इच्छुक जुनसुकै कम्पनीले महानगरपालिकामा आफ्नो प्रस्ताव पेस गर्न सक्नेछन् ।’ साथै, प्राप्त प्रस्तावमध्ये उत्कृष्ट छानेर प्रपोजल मागिने उनले जानकारी दिए ।

पार्किङ बनेपछि सडकमा सवारी पार्किङ गर्नुपर्ने झण्झट हुनेछैन । साथै, पैदलयात्रीहरुले पनि खुल्ला रुपमा हिड्न पाउने उनको भनाइ थियो ।

अधिकारीका अनुसार खुलामञ्चमा पार्किङ सँगै सव –वे पनि बनाइने छ । जसले गर्दा पैदल यात्रुलाई सहज हुने छ । साथै, व्यवस्थित पार्किङले गर्दा सहर पनि व्यवस्थित देखिने उनको भनाइ छ ।

न्यूरोड, बसपार्क तथा बागबजार उपत्यकाको केन्द्र तथा बढी भिडभाड हुने ठाउँ भएकोले पनि पार्किङका लागि खुल्ला मञ्च छानिएको उनले जानकारी दिए ।

कस्तो हुन्छ  बेसमेन्ट पाकिङ ?

खुल्लामञ्चमा बनाउन लागिएको पार्किङ बेसमेन्ट पार्किङ हो । यसले जमिनमुनीको भागमात्र ओगट्ने भएकोले माथिको भागमा असर पार्दैन । बेसमेन्ट पार्किङमा खुल्लामञ्चदेखि न्यूरोड, बागबजार तथा नयाँ बसपार्क छुने सव–वे हुने छ । जसले गर्दा त्यहाँ मोटर पार्किङ गरेर न्यूरोड, बागबजार तथा बसपार्क जान मिल्छ । त्यस्तै पैदलयात्रुहरुले पनि सव–वे प्रयोग गर्न सक्न्छन् । सव–वेको वरिपरी कफी सपहरु पनि खोल्ने शिवराज अधिकारीले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL