Logo

सेवा विस्तारका लागि साझा र कामनपाबीच सम्झौता, १० करोड लगानी गरिने

सेवा विस्तारका लागि साझा र कामनपाबीच सम्झौता, १० करोड लगानी गरिने


रामराजा श्रेष्ठ
0
Shares

आविष्कार खड्का

२६ साउन, काठमाडौं । साझा यातायातको सेवा विस्तार गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र साझा यातायातबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार साझा यातायातको सेवा विस्तारका लागि १० करोड रुपैयाँ दिन लागिएको महानगरपालिकाका उपनिर्देशक सनतकुमार थापाले बताए । ‘हामीले साझा यातायातलाई १० करोड रुपैयाँ दिने छौं,’ उनले भने, ‘उक्त पैसाबाट साझा यातायातले बस किन्ने छ ।’

साझा यातायातले उक्त रकमबाट झण्डै ३० वटा बस खरिद गर्ने भएको छ । उक्त बस संचालनमा आएपछि थप अन्य रुटमा पनि वस सेवा संचालन गरिने भएको छ ।

साझा यातायातले हाल लगनखेल–रत्नपार्क–महाराजगन्ज–गोंगबु नयाँ बसपार्क र स्वयम्भू–कलंकी–रत्नपार्क–कमलपोखरी–गौशाला–एयरपोर्टभित्र गरी २ वटा रुटमा मात्र वस सेवा संचालन गर्दे आएको छ । उक्त रुटमा साझाको हाल १६ वटा बस सञ्चालन भइरहेको छ । तर, महानगरले थप वस किनेपछि आगामी दिनमा कुन–कुन रुटमा बस सेवा संचालन गर्ने भन्ने टुङ्गो नलागेको साझाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL