Logo

ट्रम्पको निर्णयमा संयुक्त राष्ट्रसंघको एक्सन, भन्यो – यो डब्लुएचओको स्रोत घटाउने समय होईन

ट्रम्पको निर्णयमा संयुक्त राष्ट्रसंघको एक्सन, भन्यो – यो डब्लुएचओको स्रोत घटाउने समय होईन



काठमाडौं। संयुक्त राष्ट्रसंघले विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) को बचाउ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिएको आर्थिक सहयाता कटौती गर्ने बताएपछि संयुक्त राष्ट्रसंघले यो स्रोत घटाउने समय नभएको प्रतिक्रिया दिएको छ ।

laxmi

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, कोरोना भाइरसविरुद्धको लडाइँमा रहेका विश्व स्वास्थ्य संगठनको सञ्‍चालन अथवा अन्य कुनै मानवीय सहायता संस्थाहरुका लागि आवश्यक स्रोत घटाउने समय यो होइन । अहिले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकबद्ध भएर कोरोना भाइरसको संक्रमण नियन्त्रणको लडाइँमा सकारात्मक परीणामका अघि बढ्‍ने समय हो ।ू

विश्व स्वास्थ्य संगठनका हजारौं मानिसहरु कोरोनाविरुद्धको लडाइँको अग्रपंक्तिमा रहेको र मानव जीवन बचाउने अभियानमा होमिएको गुटेरेसलेबताएका छन् । उनले भने, ूकोभिड९१९ विरुद्धको युद्धमा अहिले विश्व निकै महत्वपूर्ण संघर्ष गरिरहेको छ । त्यसकारण विश्व स्वास्थ्य संठनलाई सहयोग गर्नैपर्छ ।ू

उनले हाम्रो जीवनकालको अकल्पनीय महामारी भएकोले यसलाई परास्त गर्नका लागि निकै ठूलो संघर्ष गर्नुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ूकुनै तथ्य फरक प्रसंगमा फरक मूल्यांकन भएका हुन सक्छन् । हामी एकपटक फेरि महामारी कसरी सुरु भयो र एकाएक कसरी विश्वभर फैलियो भनेर हेर्ने नै छौं । यस संकटबाट आगामी दिनमा हुने यस्तै किसिमका संकटमा कसरी लड्‍ने भनेर हामीले पाठ सिक्नेछौं । त्यो आगामी दिनमा हुँदै जाला । तर, अहिले त्यो समय होइन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा मंगलबारको पत्रकार सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० लाई दिँदै आएको आर्थिक सहयोग रोक्का गर्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका थिए । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लूएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL