Logo

रौतहटमा १९ वर्षीय युवालाई पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

रौतहटमा १९ वर्षीय युवालाई पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १४ पुगेको हो ।

laxmi

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ। ती युवाबारे विस्तृत विवरण आउन बाँकी छ । आजै बिहान कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

ती महिला चैत १७ गते वीरगन्जबाट कैलाली गएकी थिइन् । वीरगन्जमा आइतबार तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। ती भारतीय नागरिक छपकैयास्थित एक मस्जिदमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL