Logo

क्लिन भिलेजका लगानीकर्तालाई १० कित्ता सेयर, चुक्तापूँजी ४ करोड पुग्यो

क्लिन भिलेजका लगानीकर्तालाई १० कित्ता सेयर, चुक्तापूँजी ४ करोड पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१६ साउन,काठमाडौं । क्लिन भिलेज लघुवित्त वित्तिय संस्थाको शेयर बाँडफाँट शुक्रवार सम्पन्न भएको छ ।

कम्पनीले आफ्ना हरेक लगानकिर्तालाई १० कित्ताको दरमा शेयर बाँडफँड गरेको छ । कुल आवेदनमा ५० हजार रुपैयाँसम्म लगानी गर्नेको करीब ४० प्रतिशत र त्यसभन्दा माथीको करीब ६० प्रतिशत रहेको कम्पनीका बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमूख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए । साथै समानुपात्तिक रुपमा १० कित्ताको दरमा बाड्नु पर्ने अवस्था बनेको उनले जानकारी दिए ।

१ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको कम्पनीको शेयरमा १ सय ११ गुणा बढि (करीब १ अर्ब २२ करोड रुपैयाँको) आवेदन परेको थियो । कुल निष्कासित शेयरमध्ये सामुहिक लगानी कोषलाई ६ हजार कित्ता वितरण गरिएको थियो । यससंगै कम्पनीको चुक्तापूँजी ४ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL