Logo

निर्माण व्यवसायीले कोरोना कोषमा एक करोड सहयोग दिने, लकडाउनको निर्णयको स्वागत

निर्माण व्यवसायीले कोरोना कोषमा एक करोड सहयोग दिने, लकडाउनको निर्णयको स्वागत



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद्‍अन्तर्गत निर्माण व्यवसायी कोषका तर्फबाट कोरोना भाइरस कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक करोड योगदान गर्ने निर्णय भएको छ ।

यो रकम नेपाल सरकारअन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

यसैबीच कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि १८ गतेसम्म मुलुक लकडाउन गर्ने नेपाल सरकारको निर्णयको महासंघले स्वागत गरेको छ ।

साथै लकडाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई आ–आफ्नो निर्माण कार्य बन्द गर्न हुन र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एसोसिएट सदस्यहरुले आ(आफ्नो सचिवालयहरु सरकारको निर्देशनअनुसार बन्द गर्न गराई सहयोग गर्न महासंघले अनुरोध गरेको छ ।

अहिलेको असहज अवस्थामासमेत अति आवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीहरुलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL