Logo

मनकामना प्रालिको सामाजिक उत्तरदायित्व, गुम्बा निर्माणको लागि आर्थिक सहयोग

मनकामना प्रालिको सामाजिक उत्तरदायित्व, गुम्बा निर्माणको लागि आर्थिक सहयोग



काठमाडौं । मनकामना दर्शन प्रालिले गुम्बा निर्माणको लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । प्रालिले गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि उक्त रकम सहयोग गरेको हो ।

laxmi

नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनका भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले गुम्बाको अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरेका हुन ।

गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उनको परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL