Logo

साहका सम्पूर्ण सवारीसाधनलाई ६ महिनासम्म रोक, यातायात क्षेत्रमा हालसम्मकै ठूलो कारबाही

साहका सम्पूर्ण सवारीसाधनलाई ६ महिनासम्म रोक, यातायात क्षेत्रमा हालसम्मकै ठूलो कारबाही


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
कात्तिक २६, काठमाडौं । यातायात व्यवस्था विभागले केही समय अघि मकवानपुरको चुरियामाइमा दुर्घटना भएको ट्रकका मालिक विरेन्द्रप्रसाद साहका सम्पूर्ण सवारीसाधनलाई ६ महिनासम्म चलाउन बन्देज लगाएको छ । चुरियामाइमा ना ४ ख १२५२ नम्बरको ट्रक दर्घटना हुँदा ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।
विभागको मंगलबारको निर्णय अनुसार सवारीधनी विरेन्द्रप्रसाद साहका स्वामित्वमा रहेका सम्पूर्ण सार्वजनिक सवारीसाधनलाई आगामी ६ महिनासम्म कुनै पनि रुटमा चल्न बन्देज लगाइएको विभागका प्राविधिक निर्देशक शरद अधिकारीले बताए । ‘अनुसन्धान गर्दा सवारीधनीको लापरवाहीले गर्दा दुर्घटना भएको देखियो,’ उनले भने, ‘त्यहि भएर उसका सवै सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ को दफा ४० बमोजिम चल्क रोक लगाएका हौं ।’ साथै, विभागले हाल यातायात व्यवसायी गरेको कारबाही अहिलेसम्मकै ठूलो भएको उनले जानकारी दिए ।
अधिकारीका अनुसार विभागले साहका सवारीसाधन चल्न नदिनका लागि मन्त्रीपरिषद्को कार्यालय, ट्राफिक महाशाखालगायतका सरकारी निकायलाई पत्राचार गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL