बिजखबर संबाददाता
२९ असार,काठमाडौं । नेपालमा पहिलो पटक २००८ सालमा तत्कालिन अर्थमन्त्री सुवर्ण शमशेर राणाले बजेट ल्याएका थिए ।
उनले करिब २ करोडको बजेट प्रस्तुत गरेका थिए । प्रजातन्त्रको स्थापनापछि पहिलोपटक मुलुकको आम्दानी के कति हुन्छ, केमा खर्च हुन्छ भनेर सार्वजनिक गरिएको थियो ।
२००८ मा सरकारको सामान्य आम्दानी ३ करोड ५ लाख १६ हजार अनुमान गरिएको थियो । खर्च भने ५ करोड ६९ लाख १५ हजार हुने अनुमान थियो । जनताको जीवनस्तर उठाउनु र जनताको सांस्कृतिक तथा सामाजिक जीवन उकास्नु बजेटको उद्देश्य बताइएको थियो । राणा शासनकालमा मुलुकको आम्दानी र खर्चबारे जनतालाई थाहा हुँदैनथ्यो ।