Logo

स्वदेशमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउदै पेन्टागन, विद्यार्थीसंग मित्रवत व्यवहार

स्वदेशमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउदै पेन्टागन, विद्यार्थीसंग मित्रवत व्यवहार


रामराजा श्रेष्ठ
0
Shares

१७ असार,काठमाडौं । विद्यार्थीलाई पारिवारिक वातावरणको सिर्जना गरिदिने पेन्टागन कलेजको विशेषता हो  । विद्यार्थीहरूसंग  मित्रवत व्यवहार गर्ने भएकाले विद्यार्थीले भयरहित भएर आफ्ना समस्याहरू शिक्षकहरूसमक्ष राख्न सक्ने कलेजका प्राचार्य तथा शिक्षाविद् डा. कृपाराम मेहता बताउँछन् ।

laxmi

 शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित नराख्ने हुँदा विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा परेको उनको दावी छ । त्यसो त कलेज भौतिक पूर्वाधारको हिसावले पनि निकै अगाडी छ ।  वातानुकुलित कक्षाकोठा, प्रत्येक कक्षामा जडान गरिएका सीसीटीभी क्यामरा तथा लिफ्टजस्ता उपकरणले यस कलेजलाई थप विशिष्टता प्रदान गरेको देखिन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशालाहरू, सुविधासम्पन्न पुस्तकालय कलेजको विशेषता हुन् ।

Untitledmm

उच्च शिक्षाको क्षेत्रमा ख्यातिप्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित पेन्टागन इन्टरनेशनल कलेज  २०६६ सालमा स्थापना भएको हो । कलेजमा १० वर्षदेखि ३० वर्षसम्मका अनुभव संगालेका प्राध्यापकहरू आफै सञ्चालक पनि रहेकाले गुणात्मक शिक्षा पाउनेमा कुनै शंका नरहेको चर्चा मेहता गर्छन् । यहा“का अधिकांश प्राध्यापकहरू दश जोड दुईको पाठ्यक्रममा पढाइ हुने किताबहरूको लेखक पनि भएकाले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरिने निर्देशक केशवराज पोखरेल बताउछन् ।

शैक्षिक निर्देशक नुनुलाल साह भन्छन् कलेनमा ‘नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरिएको छ । यस प्रयोजनका लागि मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्री प्रयोग गरी हाम्रा विद्यार्थीहरूलाई कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने बताइएको छ । होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याबको साथै आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको हुनाले विद्यार्थीहरू आफ्ना शैक्षिक अभिष्ट पूरा हुने कुरामा विश्वस्त देखिन्छन् ।

Untitled

 

कलेजले   अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि उत्तिकै चासो राखेको छ । अन्तर्राष्ट्रिय मापदण्डको बास्केट बल कोर्ट, क्रिकेट, टेबलटेनिस तथा अन्य खेलहरूको व्यवस्था गरिएको छ ।

विज्ञान, व्यवस्थापन र मानविकीका विषयमा अध्यापन गराउ“दै आएको छ । बोर्डको परीक्षाफल, मेडिकल प्रवेश परीक्षा, इन्जिनियरिङ प्रवेश परीक्षा एवं विदेशी दूतावासबाट लिइने छात्रवृत्ति परीक्षामा समेत पेन्टागनका विद्यार्थीहरूले प्रत्येक वर्ष १०० को सेरोफेरोमा निःशुल्क छात्रवृत्ति कोटामा नाम निकाली अग्रस्थान कायम राख्न सफल भएको छ । विगत ५ वर्षे अवधिमा बोर्ड दोस्रो एवं बोर्ड पा“चभित्र पर्न सफल रहेकोमा २०६९ सालको व्यवस्थापन समूहबाट सर्वोत्कृष्ट र विज्ञान कक्षा ११ मा ६ जना उत्कृष्ट स्थान प्राप्त गरेका थिए ।

pent

कम खर्चमा स्तरीय शिक्षा प्रदान गर्ने तथा देशको पू“जी पलायनलाई रोक्ने हाम्रो मुख्य कलेजको उद्देश्य रहेको छ ।साथै निकट भविष्यमा स्नातक तथा स्नातकोत्तर स्तरका पठनपाठन सुरु गर्ने बताइएको छ ।
प्रमुख सिंहका अनुसार छनोटमा परेका विद्यार्थीहरूमध्ये करिब २५० जनालाई योग्यतानुसार विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL