Logo

भ्रमण वर्ष सफल बनाउन चेम्बरको अग्रसरता, अनावरण गर्याे ३० फिट अग्लो आकृति

भ्रमण वर्ष सफल बनाउन चेम्बरको अग्रसरता, अनावरण गर्याे ३० फिट अग्लो आकृति



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको आकृति अनावरण गरेको छ । चेम्बरले आईतबार भ्रमण बर्ष २०२० को पूर्व सन्ध्या पारेर प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत ३० फिट चौडाई र ३० फिट लम्बाईसहितको आकृति अनावरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र चेम्बरका अध्यक्ष राजेशकाजी श्रेण्ठले उक्त आकृतिको अनावरण गरेका हुन ।

laxmi

सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले भविष्यमा समेत पर्यटन प्रबद्र्धन र भ्रमण वर्ष २०२० सफल पार्न चेम्बरबाट आवश्यक सहयोग रहने जानकारी दिए । सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल सरकारका सम्बद्ध निकायका उच्च अधिकारीहरु, नेपाल पर्यटन बोर्ड, पर्यटनसँग सम्बद्ध निजी क्षेत्रका संस्थाहरु, चेम्बर कार्यसमिति सदस्य, महिला चेम्बर, युथ चेम्बर, चेम्बर पर्यटन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL