Logo

डब्लुएफपीले बाड्यो कुहिएको चामल, डल्ला परेको तथा गन्हाएको अवस्थामा फेला

डब्लुएफपीले बाड्यो कुहिएको चामल, डल्ला परेको तथा गन्हाएको अवस्थामा फेला


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१० असार, काठमाडौं । गोरखाको मजुवा देउरालीमा विश्व खाद्य कार्यक्रम(डब्लुएफपी)ले सडेको चामल बाँडिएको संसदको राष्ट्रिय विपद् व्यवस्थापन,अनुगमन तथा निर्देशन समितिले जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिले बाड्न योग्य नभएको सुझाव दिएको थियो ।

वैशाख २९ गते दोस्रो भूकम्पका दिन निरीक्षणमा गएको दलका प्रतिनिधि र कृषिको संयुक्त टोलीले मजुवा देउरालीमा राहतका लागि पुगेको चामल अयोग्य भएको सुझाव दिएका थिए । सुझाव दिँदादिँदै डब्लुएफपीका प्रतिनिधिले वितरण गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

गोरखामा डब्लुएफपीले कुहिएको चामल वितरण गरेको गुनासो आएपछि व्यवस्थापिका(संसदअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले स्थलगत अध्ययन शुरु गरेको थियो ।

समितिले सार्वजनिक गरेको गोरखाको लाप्राकमा वितरित खाद्यान्नसम्बन्धी स्थलगत अध्ययनको  प्रतिवेदन अनुसार विश्व खाद्य कार्यक्रमबाट वितरित चामलमध्ये १ सय २० बोरा चामल सडेको छ । चामल कुहिएको तथा गनाएर दुर्ग्न्धित भएको अवस्थामा फेला पारेको टोलीमा सहभागी खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिए ।

त्यस्तै लाप्राकमा वितरण गरिएको विश्व खाद्य कार्यक्रमको चामल ढाडिएको, ढुसी परेको, कुहिएर कालो डल्ला परेको तथा गन्हाउने अवस्थामा रहेकाले गोरखाको मजुवा देउरालीमा भण्डारण गर्नुपूर्व नै बिग्रिएको समितिको ठहर छ ।

त्यस्तै  बालबालिकाहरुलाई बाँडिएको पौष्टिक खाद्यान्न ल्याक्टोजिनसमेत म्याद गुज्रिएको पाइएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL