Logo

आठ महिनामा ८४ वटा होटल निर्माणको प्रतिबद्धता, ठूला होटलको संख्या भने १२ मात्रै

आठ महिनामा ८४ वटा होटल निर्माणको प्रतिबद्धता, ठूला होटलको संख्या भने १२ मात्रै


राङडोल लामा
972
Shares

काठमाडौं । यो वर्षको आठ महिनामा ८४ वटा होटल, रेष्टुराँ तथा लज-का लागि लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागमा विस २०७६ बैशाखदेखि मंसिरसम्ममा ८४ वटा नयाँ होटल, रेष्टुँरा तथा लज दर्ता भएका छन् ।

गत बर्षको सोही अवधिमा भने १ सय ३४ ओटा होटल, रेष्टुँरा तथा लज दर्ता भएका थिए । जस मध्ये ठूला होटल १२ ओटा, मझौला २ र साना होटलको संख्या १२० रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । बिभागले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको ८ महिनामा ठूला साना गरी ८४ वटा होटल दर्ता भएकोमा ४० करोड रुपैयाँ भन्दा माथि लगानीका होटलको संख्या भने १२ मात्रै रहेको छ ।

बिभागका अनुसार मझौला होटलको संख्या ३७ रहेको छ । जुन १० करोड रुपैयाँ भन्दा माथी र ४० करोड रुपैयाँ भन्दा मुनीको रकम रहेको छ । साना होटल अर्थात १० करोड रुपैयाँसम्म अधिकृत पूँजी भएको होटलको संख्या भने ३५ वटा रहेको छ ।

यी सबैमा गरि करीब २० अर्ब रुपैयाँको लगानी प्रस्ताव विभागमा आएको हो । विभागको तथ्याङ्कअनुसार ८४ होटल मध्ये साना–ठूला गरी काठमाडौंमा सञ्चालन हुने गरी मात्रै ५० वटाका लागि लगानी प्रस्ताव आएको छ भने ललितपुरमा सञ्चालन हुने गरि ९ वटा प्रस्ताव दर्ता भएका छन् । बाँकी २५ वटा होटल, लज तथा रेष्टुराँ भने उपत्यका बाहिरका लागि दर्ता भएका छन् ।

गतबर्षको ८ महिनाको तुलनामा चालु आवको सोही समयमा होटल खोल्ने क्रम न्युन देखिएको छ । होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष बिनायक शाहले भने-‘नयाँ होटल कम आउनुमा राम्रो भएको बताए । उनले भने, ‘अहिले भईरहेको होटलको अकुपेन्सी ५० प्रतिशतमात्रै छ, बाँकी नयाँ होटल खुलेर ग्राहक कहाँबाट ल्याउने ?’

‘होटल खोलेर मात्रै के गर्ने जव कि हामीसँग पूर्वधार नै पर्याप्त मात्रमा छैन’, उनले भने, अहिले भईरहेको होटल नै बढी भईसक्यो, होटल खोल्न लगानी गर्नु पर्छ । लगानीकर्ताले त्यो रकम उठ्छ की उठ्दैन त्यो हेरेर लगानी गर्ने हो ।’

कम्पनी रजिष्ट्रारको कार्यालयमा भने १२ सय २४ दर्ता

तर, यही अवधिमा कम्पनी रजिष्ट्रारको कार्यालयमा भने १२ सय २४ ओटा होटल, लज तथा रेष्टुँरा दर्ता भएको छ । कार्यालयको तथ्याङ्क अनुसार ८ महिनामा उक्त संख्यामा होटल तथा लज दर्ता भएका हुन् ।

गत बर्षको सोही अवधिमा भने ११ सय ३८ होटल, लज तथा रेष्टुँरा दर्ता भएको थियो । जस मध्ये ५० करोड रुपैयाँ भन्दा माथी अधिकृत पुँजी भएको होटलको संख्या ८ ओटा रहेको थियो । १० देखि २५ करोड रुपैयाँसम्म अधिकृत पुँजी भएको होटल ३४, २५ देखि ५० करोड रुपैयाँ सम्म ९ र १० करोड रुपैयाँ भन्दा कम अधिकृत पुँजी भएको होटलको संख्या १०८७ रहेको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको ८ महिनामा दर्ता भएका होटल मध्ये ५० करोड रुपैयाँ भन्दा माथिका होटलको संख्या भने ३ ओटा मात्रै रहेको छ । कम्पनी रजिष्टार कार्यालयको तथ्याङ्क अनुसार १० करोड रुपैयाँ भन्दा माथी २५ करोड रुपैयाँसम्म अधिकृत पूँजी भएको होटलको संख्या भने ६६ वटा रहेको छ ।

त्यस्तै २५ देखि ५० करोड रुपैयाँ सम्म अधिकृत पूँजी भएको होटल, लज तथा रेष्टुँराको संख्या भने १० ओटा रहेको कार्यालयले जानकारी दिएको छ । तथ्याङ्क अनुसार १० करोड रुपैयाँ भन्दा कम अधिकृत पूँँजी भएको होटलको संख्या भने ११ सय ४५ ओटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This