Logo

उद्धार कोषको निजामति कर्मचारीको ३६ करोड सहयोग, समयमै राहत पुर्याउन आग्रह

उद्धार कोषको निजामति कर्मचारीको ३६ करोड सहयोग, समयमै राहत पुर्याउन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ असार, काठमाडौं । निजामती कर्मचारीहरुले भूकम्प पीडितलाई सहयोग स्वरु प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३६ करोड ६ लाख ५२ हजार हस्तान्तरण गरेका छन् ।

निजामती कर्मचारीको तर्फबाटर सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितल आज प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

सरकारका मुख्य सचिव लिलामणी पौड्यालले ७५ जिल्लामा कार्यरत विशिष्ट श्रेणीका निजामती कर्मचारीबाट १५ दिनको, राजपत्राङकित प्रथम र द्धितीय श्रेणीका कर्मचारीबाट १० दिनको र अन्य सबै कर्मचारीबाट ५ दिनबराबरको तलबबाट सो रकम सङकलन गरिएको जानकारी गराए ।

रकम हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री कोइरालाले मुलुकको हितमा सधै खटिरहेका राष्ट्रसेवक कर्मचारीबाट भएको सहयोगको प्रशंसा गर्दै रकमको सही सदुपयोग हुने बताए ।

राहत हस्तान्तरण कार्यक्रमा अर्थमन्त्री डा रामशरण महत, मुख्य सचिव लीलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्त्री पण्डितले भूकम्पबाट घरबारविहीन भएका सबैलाई सरकारबाट प्रदान गरिने १५ हजार समयमै छिटोछरितो उपलब्ध गराउनुपर्ने बताउँदै अझै पनि केही स्थानमा जस्तापाता नपुगेको भन्ने सूचना आएकाले तत्काल उपलब्ध गराउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL