Logo

एनसेलले गर्यो असल व्यवसायिक संस्कार प्रवद्र्धन, सरकारी नीतिका कारण भ्रष्टाचार बढ्यो

एनसेलले गर्यो असल व्यवसायिक संस्कार प्रवद्र्धन, सरकारी नीतिका कारण भ्रष्टाचार बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

२ असार, पोखरा । व्यवसायिक संस्कार सुधार गरे देशमा हुने भ्रष्टाचारमा कमी आउने सरोकारावालाहरुले बताएका छन् । साथै, असल व्यवसायिक संस्कार प्रवद्र्धन गर्न सबै पक्षको संयुक्त प्रतिवद्धता आवश्यक रहेको रहेको समेत उनीहरुको भनाइ छ ।
एनसेलको सहयोग र ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधवार पोखरामा भएको क्षत्रियगोष्ठिमा वक्ताहरुले उद्योग व्यवसायमा असल संस्कार बसाउन सके अन्य क्षेत्रमा हुने भ्रष्टाचार समेत घट्दै जाने बताए ।
देशमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता भएको समेत सरोकारालाले बताएका छन् । उनीहरुले भ्रष्टाचार अन्त्यगर्न राजनीतिकदल, प्रशासन, प्रहरी र नागरिकमापनि सुधार हुनु पर्नेमाजोड दिए ।

ncell

 

व्यवसायीले पश्चिमाञ्चलको यातायात क्षेत्रमा सिन्डिकेटले स्वस्थव् यवसायिक वातावरण विगारीरहेकोले त्यसको नियन्त्रण हुनु पर्ने बताए छन् । यता नागरीक समाजका प्रतिनिधिहरुले भने व्यवसायीले बढी पैसा कमाउने उद्देश्यले अखाद्य वस्तु मिसाउने र गुणस्तरहीन सामग्री उपभोक्ता माझ पठाउने गरेको प्रवृत्तिको आलोचना गरे ।

पश्चिमाञ्चल सह क्षेत्रीय प्रशासक दिवाकर वास्तोलाले व्यवसायिक संस्कार कायमगर्न मानवीय मूल्यमान्यताको ख्याल राख्नु पर्ने, वर्तमान तथा भविष्यप्रति जिम्मेवारी महसुस गर्नु पर्ने र एक असल नागरिकको चरित्र विकास गर्नु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व महानिर्देशक हेमन्त दवाडीले व्यवसायिक वातावरणमा सुधार गर्न सरकारको नीति, कानून र प्रकृयाहरुले नै समस्या सिर्जना गरेको बताए । ‘सरकारी निकायमा हुने झन्झटिलो प्रकृयाकै कारण व्यवसायिक संस्कारमा सुधार आउन नसकेको हो,’ दवाडीले भने, ‘विशेष गरेर अपरदर्शी प्रकृया, कर्मचारीमा स्वविवेकिय अधिकार र अनिर्णयको जवाफ दिननपर्ने प्रवृत्तीमा सुधार हुनु पर्नेछ ।’ सरकारी नीति र नियममा सुधार गर्न सकिए र व्यवहारमा जिम्मेवारी बोध भए व्यवसायिक संस्कारमा धेरै सुधार हुने उनको भनाइ थियो ।

एनसेलका कानून निर्देशक अम्बर थापाले ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल र अन्य निकायसँग मिलेर असल व्यवसायिक आचरण प्रवद्र्धन गर्न एनसेल सधैं तत्पर रहेको बताए । भ्रष्टाचारले स्वस्थ व्यवसायिक वातावरणलाई असर गर्ने तथा प्रगतीमा बाधक हुन ेहुनाले भ्रष्टाचार अन्त्य गर्न सबैले जिम्मेवारीपूर्वक काम गर्नु पर्ने बताए । ‘यस मामलामा एनसेल सँधै प्रतिवद्ध रहेको छ,’ उनले भने, ‘यही प्रतिवद्धता अनुरुप हामीले ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालको उपस्थितिमा कुनै पनि प्रकारका भ्रष्टाचारमा संलग्नन हुने तथा व्यापारका सम्पूर्ण पक्षमा व्यवसायिक सुशासन तथा जवाफदेहिता सुनिश्चित गर्ने कटिवद्धता व्यक्तगर्दै सदाचार प्रतिवद्धता (इन्टिग्रिटी प्लेज)माहस्ताक्षर गरेका छौं ।’

देशमा भ्रष्टाचारको अवस्थाको निगरानी गर्दै आएको ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालले असल व्यवसायिक संस्कार प्रवद्र्धनगर्न एनसेलसँग सहकार्य गर्दै देशका विभिन्न क्षेत्रमा व्यवसायीक संस्कारको विद्यमान स्थिति तथा यसका चुनौतीहरु प्हिचान गर्न क्षेत्रीयगोष्ठीहरु ग्रिरहेको ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका कार्यकारी सदस्य स्नेह सयामीले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL