Logo

आठ प्रदेशमा सहमती, साँझ अर्को बैठक बस्दै

आठ प्रदेशमा सहमती, साँझ अर्को बैठक बस्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२५ जेठ,काठमाडौं । प्रमुख चार दलबीच आठ प्रदेशमा सहमति भएको छ । लामो समयको विवाद पछि सोमबार बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो ।

सो सम्वन्धि सैद्धान्तिक सहमती भएपनि प्रदेशको नाम र सीमा भने तोकिएको छैन । नाम तथा सीमाको टुँगो लगाउन विज्ञहरुलाई बोलाएर आयोग बनाउने सहमति भएको छ । नाम र सीमा बारे साँझको बैठकमा टुंगो लगाइने भएको  छ । साथै निर्वाचन प्रणालीमा पनि ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचित हुने टुंगो लगाइएको छ ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला एमाले अध्यक्ष केपी ओली एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादार सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्