Logo

सुन चाँदी कला व्यवसायी संघद्वारा कालिगढ र व्यवसायीलाई राहत वितरण

सुन चाँदी कला व्यवसायी संघद्वारा कालिगढ र व्यवसायीलाई राहत वितरण


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता
२४ वैशाख, काठमाडौं ।
नेपाल सुनचाँदी कला व्यवसायी संघ, दोलखा शाखाले स्थानीय व्यवसायी तथा कालिगढलाई राहत वितरण गरेको छ । शाखाले दोलखा जिल्लाका ६५ जना कालिगढ र ३५ जना सुनाँदी व्यवसायीलाई विभिन्न राहत सामग्री वितरण गरेको हो ।
करीब डेढ महिनासम्म व्यवसाय ठप्प हुँदा व्यवसायी तथा कालिगढ समेत प्रभावित भएकाले उनीहरुलाई राहत बाडेको संघको केन्द्रिय उपाध्यक्ष घनस्याम रिजालले बताए । उपाध्यक्ष रिजालको अगुवाईमा संकलित ९ सय केजी चामल, ५० थान कम्बल, १ सय २० केजी चिउरा, नुन, तेल, चाउचाउ, बिस्कुट, जिवनजललगायत सामग्री आईवतवार वितरण गरिएको हो ।
कालिगढ तथा व्यवसायीलाई राहत वितरणका लागि चावहिलस्थित सनराईज ज्वेलर्स, भेडासिंहस्थित शिवशक्ति ज्वेलर्स तथा व्यवसायी गौरब श्रेष्ठले सहयोग गरेको संघको दोलखा शाखाका सचिव दिपक धनुकेले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL