Logo

तेस्रो जिम्मेवार व्यवसायी सम्मेलन भदौ १९ र २० गते हुँदै, दिगो विकासलाई प्राथमिकता

तेस्रो जिम्मेवार व्यवसायी सम्मेलन भदौ १९ र २० गते हुँदै, दिगो विकासलाई प्राथमिकता



काठमाडौं । नेपालमा तेस्रो जिम्मेवार व्यवसायी सम्मेलन हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलको आयोजनामा भदौ १९ र २० गते उक्त सम्मेलन हुने भएको हो ।

नेपालको व्यवसायिक सामाजिक उत्तरदायित्व एवं असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्न तथा दीगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्नका लागि उक्त सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा उक्त सम्मेलन हुने भएको छ ।
दुई दिने उक्त सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरुको सहभागिता रहनेछ ।

प्रत्येक सत्रमा एक प्रखर अन्तर्राष्ट्रिय वक्ता र नेपाली कम्पनीको अनुभव सहित दुई नेपाली वक्ताहरु रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ष्ठित उद्योगी व्यवसायी वा सत्रसंग सम्बन्धित प्रख्यात व्यक्तिहरुले अध्यक्षता गरी सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL