Logo

एडीबीको सहयोग पूर्वाधार निर्माणमा, प्राविधिकभन्दा नगद दिन अर्थमन्त्रीको आग्रह

एडीबीको सहयोग पूर्वाधार निर्माणमा, प्राविधिकभन्दा नगद दिन अर्थमन्त्रीको आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ जेठ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले एसियाली विकास बैंक (एडीवी)ले दिएको सहयोग पुनर्निर्माणमा खर्च गर्न चाहेको बताए । ‘सहयोग रकमलाई सडक, सिंचाई र विद्यालयहरुको निर्माणमा खर्च गर्न चाहेका छौं,’ अर्थमन्त्रालयमा एडीवीका महानिर्देशक हुँ किमसँगको भेटमा उनले भने, ‘बैंकबाट प्राप्त हुने सहयोग प्राविधिकभन्दा पनि बढी पुँजीगत खालको चोहका छौं ।’

adb-nepal

भेटमा आगामी असार १० मा हुने नेपाल सहायता सम्मेलन र नेपालको पुनर्निर्माणमा बैंकको सहयोगका बारेमा पनि छलफल भएको थियो ।

अजरबैजानको बाकुमा हालै सम्पन्न बैठकमा नेपालको पुनर्निर्माणमा बैंकले २० अर्ब रुपैयाँ बराबरको सहयोग घोषणा गरेको थियो । अर्थमन्त्री डा रामशरण महतले भूकम्पले ध्वस्त भएको नेपालको पुनर्निर्माणका लागि ५ देखि १० खर्ब रुपैयाँ सम्म लाग्नसक्ने प्रारम्भिक अनुमानको जानकारी गराएका थिए । सोही कार्यंक्रममा बैंकले नेपालको पुनर्निर्माणमा सक्रियरुपमा सहभागी हुने घोषणा गरेको थियो ।

सोही सहयोगका बारेमा छलफल गर्न बैंकका महानिर्देशक हुँ किम हालै नेपाल भ्रमणमा छन् । बिहीबार भएको भेटमा अर्थमन्त्री महतले नेपाल सहायता सम्मेलनमा बैंकको उच्च नेतृत्वको सहभागिता चाहेको बताएका छन् । सो भेटमा बैंकले घोषणा गरेको भन्दा केही बढी सहयोग र अनुदान सहयोगका बारेमा पनि छलफल भएको थियो ।

सो अवसरमा बैंकका महानिर्देशक किमले नेपालको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको र पूर्वाधारका क्षेत्रमा सहयोग गरिने जानकारी दिए ।

भेटघाट तथा छलफल कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, सहसचिव मधुकुमार मरासिनी तथा बैंकको तर्फबाट राष्ट्रिय निर्देशक केनिची योकोयामा लगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL