Logo

पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१८ जेठ,काठमाडौं । भुकम्पको त्रास कम हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यबृद्धिले जनतालाई आहत पुग्ने भएको छ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई आहत पुर्याएको हो ।

निगमले  मंगलवारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर २ \२ रुपैयाँले बढाएको   छ ।  यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेलको ८८ रुपैयाँ ५० पैसा पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले पेट्रोलियम पदार्थको मूल्य बढेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

सरकारले स्वचालित मूल्य संयन्त्र ल्याएकोले अन्तरराष्ट्रिय बजार अअनुसार नेपालमा तेलको भाउ घटबढ गर्नुपर्ने हुन्छ ।  भारतले यसबीचमा २ पटक मूल्य बृद्धि गरेपनि भुकम्पले गर्दा नबढाएको उनले जानकारी दिए । भारतमा मे महिनामा २ पटक पेट्रोलियम पदार्थको भाउ बढेको थियो ।

‘भुकम्पले गर्दा बिचमा एक पटक हामीले पेट्रोलियम  पदार्थको भाउ बढाएनौं ’ उनले भने ।

तेलको मूल्य बढे पछी  नेपाल आयल निगम  ७१ करोड ६९ लाख नाफामा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL