Logo

गोल्छा र ह्याबिट्याटले हजार घर बनाइदिने, काभ्रेमा सय दिनभित्रै सय घर

गोल्छा र ह्याबिट्याटले हजार घर बनाइदिने, काभ्रेमा सय दिनभित्रै सय घर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ जेठ, काठमाडौं । गोल्छा अर्गनाइजेसन र ह्याबिट्याट फर ह्युम्यानिटीको सहकार्यमा भुकम्प पीडितका लागि एक हजार घर निर्माण गरिने भएको छ । यस दुई संस्थाले ‘आश्रय’ नामक परियोजना सञ्चालन गर्नेबारे एक सम्झौता पत्रमा विहीबार हस्ताक्षर भएको छ ।

यसका लागि ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका निर्देशक एल्मुडेना बार्टेयर्स, ह्याबिट्याट फर ह्युम्यानिटी इन्टर्नेशनलका एसिया–पेसिफिकका उपाध्यक्ष रिक ह्याथवे, हुलासचन्द एण्ड कम्पनीका शेखर गोल्छा र गो अटोमोबाइलस्का आकाश गोल्छाले हस्ताक्षर गरेका छन् ।

गाल्छा अर्गनाइजेशन अन्तरगतको गो अटोमोबाइलस् र हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘आश्रय’ अभियानका लागि १ करोड २८ लाख रुपैयाँ प्रदान गर्ने भएका छन् । उक्त स्रोतबाट अभियानको पहिलो चरणमा ह्याबिट्याट फर ह्युम्यानिटीले पाइलट प्रोजेक्ट गर्दैछ ।

golcha-family
golcha-family

यस अन्तर्गत काभ्रे जिल्लाको पिपलटारमा १ सय दिन भित्रमा १ सय घर बनाइने विज्ञप्ती मार्फत बताएको छ । कम्पनीले निर्माण पश्चात यी घरहरु स्थानीयहरुलाई प्रदान गर्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL