Logo

भारतीय तरकारी तथा फलफुलको विषादी जाँच नहुने, ६ महिनाका लागि स्थगित

भारतीय तरकारी तथा फलफुलको विषादी जाँच नहुने, ६ महिनाका लागि स्थगित



काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षण नगरिकन नेपाल आयात गरिने भएको छ । सरकारले नेपाली नाकामा विषादीयुक्त तरकारी तथा फलफुल परिक्षण नगरिकनै नेपाल आयात गर्ने निर्णय गरेको हो ।

laxmi

सरकारले भारतबाट आयात गरिएका तरकारी तथा फलफुलमा उच्च मात्रामा विषादी रहेको बताउँदै नाकामै उक्त वस्तु रोकेको थियो । तर बिहीबार उक्त वस्तु जाँचविनै नेपाल ल्याउने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

बिहीबारको मन्त्रीपरिषदको बैठकमा नाकामा विषादी जाँच गर्ने प्रक्रिया ६ महिनाका लागि स्थगित गर्ने निर्णय गरिएको हो । सरकारले नाकामा विषादी जाँच गर्नका लागि मेशिन नरहेको बताउँदै उक्त कदम स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL