Logo

भुकम्पका कारण उपत्यकाका विभिन्न स्थानमा बाटो अवरुद्ध,सवारी प्रवेशमा निषेध

भुकम्पका कारण उपत्यकाका विभिन्न स्थानमा बाटो अवरुद्ध,सवारी प्रवेशमा निषेध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

११ जेठ,काठमाडौं । बैशाख १२ गते गएको भुकम्प र त्यसपछि लगातार आएका पराकम्पनले उपत्यकाका विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । भुकम्पका कारण घर भत्किएपछि बाटो अवरुद्ध भएको नेपाल पुलिसले जानकारी दिएको छ । साथै चर्किएका घर नजिकका सडक पनि अवरुद्ध गरिएको छ ।

उपत्यकाका विभिन्न २६ स्थानका सडक अवरुद्ध भएका छन् । नेपाल पुलिसका अनुसार उपत्यकाका कालिमाटी, किर्तीपुर, स्वयम्भु, ठमेल,सुकेधारा, कमलपोखरी, महाराजगंज,कपनका विभिन्न स्थानमा बाटो अवरुद्ध छन् । त्यस्ता स्थानमा दुई पांग्र तथा चार पांग्रे सवारीलाई निशेष गरिएको बताइएको छ । काठमाडौंको बालाजु वाइपास देखि बालाजु पुलिस अफिस तथा गोंगबुको बानियाटार सडक पनि अवरुद्द छन् ।

त्यस्तै भुकम्पका कारण देशका अन्य स्थानमा पनि सडक अवरुद्ध रहेको बताइएको छ । भुकम्प तथा त्यसपछिका पराकम्पनले गर्दा पहिरो जाँदा दोलखाको लामावगर देखि सिंगती सम्मको सडक पनि अवरुद्ध भएको छ । त्यसैगरी लमजुङको बेसिसहरदेखि चामेसम्मको बाटो पनि बन्द रहेको बताइएको छ ।

यता सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडकखण्डको मार्मिङमा पनि पहिरो गएकोले बाटो अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL