Logo

कृषि अनुसन्धान परिषद्ले २ सय ७ कर्मचारी माग्यो, अधिकतम योग्यता प्लसटु पास

कृषि अनुसन्धान परिषद्ले २ सय ७ कर्मचारी माग्यो, अधिकतम योग्यता प्लसटु पास


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ जेठ,काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषदले विभिन्न पदका लागि २ सय ०७ जना कर्मचारी माग गरेको छ । परिषदले प्रशासन, लेखा र प्राविधिकमा कर्मचारी माग गरेको हो ।

इच्ुकले प्रथम पटका सुचना प्रकाशित भएको ४५ दिनसम्म सिंहदरवारप्लाजास्थित कार्यालयमा आवेदन दिनु पर्छ । परिषदले  अधिकतम प्रविणता प्रमाणपत्र उत्तिर्णको शैक्षिक योग्यता माग गरेको छ । संस्थाले प्रमुख प्रशासन सहायक (ए५) का लागि ६ जना, प्रशासन समूहतर्फ प्रशासन सहायक (ए४)  पाँच जना र लेखापाल (ए५) मा ९ जना मागेको छ ।

प्रविधिक सहायक (जेटी टि५) मा २३, प्राविधिक सहायक (टि४) मा ३७ र निम्नस्तर प्राविधिक १२७ जना माग गरिएको छ । परिक्षा शुल्क २ सयदेखि  ४ सय रुपैयाँ लाग्ने छ ।

narce notice

प्रतिक्रिया दिनुहोस्
MBL