Logo

प्रम राहत कोषमा पर्यटन बोर्डको रु.५ करोड,पूर्ननिर्माणका लागि कोष खडा गरिने

प्रम राहत कोषमा पर्यटन बोर्डको रु.५ करोड,पूर्ननिर्माणका लागि कोष खडा गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

६ जेठ,काठमाडौं । पर्यटन बोर्डले भूकम्प पीडितलाई सहयोग गर्नका लागि प्रधानमन्त्री राहत कोषमा  ५ करोड रुपैयाँ जम्मा गरेको छ ।

वुधवार एक कार्यक्रममा पर्यटन बोर्डले प्रधानमन्त्री सुुशील कोइरालालाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।  बोर्डले महाविपत्तिको यस घडीमा राष्ट्रिय स्तरमा भइरहेका उद्धार, राहत र पुर्नस्थापनाका प्रयासमा सहयोग पु¥याउने उद्धेश्यवाट उक्त रकम हस्तान्तरण गरेको बताएको छ ।

साथै भूकम्पवाट पर्न गएको क्षतीलाई पुनरुत्थान गर्न, पर्यटन पूर्वाधार एवं सम्पदा स्थललगायत पर्यटकीय आर्कषणहरुको पुनर्निर्माण वा नव–निर्माणका लागि छुट्टै कोष पनि बनाउने जानकारी दिएको छ ।

यसका लागि बोर्डले पर्यटन तथा पुरातात्विक सम्पदा पुनरुत्थान कोष खडा गरी त्यसमा रू.१० करोड राख्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL