Logo

अबैध भिओआईपी नियन्त्रण गर्दै प्रहरी, १०८ स्थानमा छापा १६७ जना पक्राउ, १२ अर्ब बिगो दावी सहित मुद्दा दायर

अबैध भिओआईपी नियन्त्रण गर्दै प्रहरी, १०८ स्थानमा छापा १६७ जना पक्राउ, १२ अर्ब बिगो दावी सहित मुद्दा दायर



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अबैध कल बाइपासमा संलग्न व्यक्तिलाई प्रक्राउ गरेको छ । विशेष सुचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोले रुपन्देही जिल्लाको सिद्धार्थनगरबाट भिओआईपीमा संलग्न एक जनालाई पक्राउ गरेको हो ।

ब्यरोले भारत घर भई रुपन्देहीमा डेरा गरी बस्ने २६ बर्षका खुर्सेद अन्सारीलाई पक्राउ गरेको हो । अन्सारीलाई यही जेठ १५ गते साँझ पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका अन्सारीबाट भिओईपीमा संलग्न विभिन्न १३ प्रकारका करिव ४ दर्जन सामग्री बरामद गरिएको छ ।

पछिल्लो समय केन्द्रीय अनुसन्धान व्यूरोले अबैध भिओआईपी संचाल गर्नेमाथी कडा कदम चालेसँगै पक्राउ हुने क्रम बढेको छ । ब्यूरोले हालसम्म देशभरका १ सय ८ स्थानमा छापामारी १ सय ७६ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ जना नेपाली र १ सय ३० जना विदेशी रहेका छन् ।

हालसम्म अबैध भिओआईपीमा पक्राउ परेका व्यक्तिहरु विरुद्ध हालसम्म ११ अर्ब ९१ करोड रुपैयाँ विगोदावी सहितको मुद्दा चलाईएको ब्यूरोले जानकारी दिएको छ । साथै उनीहरुबाछ भिओआईपीमा प्रयोग हुने २ हजार २ सय ७५ थान उपकरणहहरु बरामद गरिएको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL