Logo

भायनेटको क्रिकेट वल्र्ड कप मेनिया अफर सार्वजनिक, लक्की ड्र मार्फत ४३ इन्चको टिभि

भायनेटको क्रिकेट वल्र्ड कप मेनिया अफर सार्वजनिक, लक्की ड्र मार्फत ४३ इन्चको टिभि



काठमाडौं । नेपालको पहिलो इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले ‘भायनेट क्रिकेट वल्र्ड कप मेनिया’ अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

अफर अन्तरगत भायनेटका ग्राहकहरुले इन्टरनेट र टिभिको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्ने भएका छन । इन्टरनेट र टिभिको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत ६ हजार रुपैयाँ क्यास ब्याक र ४३ इन्चको एलजि स्मार्ट एलईडी टिभि जित्ने मौका प्राप्त गर्न सक्नेछन ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आईरहेको छ । कम्पनीले आफ्नो सेवालाई विस्तार गर्दै विरगञ्ज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, डढेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत नेटटिभि संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL