Logo

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा ढकाल, महासचिबमा मनोज ज्ञवाली

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा ढकाल, महासचिबमा मनोज ज्ञवाली



काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा गोविन्द प्रसाद ढकाल सर्वसम्मत निर्वाचित भएका छन । एशोसिएसनको तेह्रौं वार्षिक साधारण सभालले ढकालको अध्यक्षतामा ११ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेका हुन ।

समितिको प्रथम उपाध्यक्षमा प्रद्युमन पोखरेल, द्धितिय उपाध्यक्षमा रेशम बहादुर थापा, महासचिवमा मनोज कुमार ज्ञवाली, सचिव प्रदिप कुमार श्रेष्ठ र कोषाध्यक्षमा सुयोग श्रेष्ठ रहेका छन । सदस्यहरुमा भने रमेश प्रसाद जोसी, नरेश सिंह बोहरा, विरुराम जैसी, प्रविन वस्नेत, नविन सुवेदी रहेका छन ।

एशोसियसनको तेह्रौं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७४÷०७५ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७५÷०७६ को अनुमानित आय ब्याय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL