Logo

शुक्रवार पनि ३ ओटा झट्का,पराकम्पन आउने क्रम जारी

शुक्रवार पनि ३ ओटा झट्का,पराकम्पन आउने क्रम जारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२५ बैशाख,काठमाडौं । शुक्रवार विहान ६ १५ मा ५ रेक्टरको पराकम्प आएको छ । दोलखालाइ केन्द्रविन्दु बनाएर सो पराकम्प आएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार विहान २ बजेर १९ मिनेट र ८ बजेर १९ मिनेटमा पनि भूकम्प गएको थियो । यी दुबै भूकम्पको केन्द्रविन्दु पनि सिन्धुपाल्चोक जिल्लामा थिए । यी धक्का ४ रेक्टर स्केलका थिए । विहीवार पनि नुवाकोटलाइ केन्द्र विन्दु बनाएर पराकम्प आएको थियो ।

विहीबार बिहान ३ः४१ मा ४ दशमलव २ रिक्टर स्केल र बिहान ७ः५६ मा ४ रिक्टर स्केलको अर्को भूकम्प गएको थियो छ ।

पछिल्लो पराकम्पनका कारण कुनै मानवीय क्षति भने नभएको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार हालसम्म ४ रिक्टर स्केलमाथिका १ सय ५० वटा पराकम्पन भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL