Logo

यूवा उद्यमी मञ्चको पाँचौं लिडर परियोजना कार्याशाला सम्पन्न, ४० जना सहभागि

यूवा उद्यमी मञ्चको पाँचौं लिडर परियोजना कार्याशाला सम्पन्न, ४० जना सहभागि



काठमाडौं । नेपाली यूवा उद्यमी मञ्चले लिडर परियोजनासँगको सहकार्यमा पाँचौ पटक व्यवसायिक योजना विकास सम्बन्धी कार्याशाला आयोजना गरेको छ ।

वेष्टर्न युनिर्भसिटी अन्तरगत आइभी विजनेश स्कुलका विद्यार्थीहरुद्वारा व्यवसायिक तालिम मार्फत आर्थिक विकासलाई बढावा दिने उदेश्यका साथ विद्यार्थीहरुकै नेतृत्व र सकृयतामा सो कार्याशाला संचालन गरिएको हो ।

मञ्चले आयोजना गरेको उक्त कार्याशालामा ४० जना यूवाहरुको सहभागिता रहेको थियो । दुई हप्तासम्म संचालित कार्याशालाको अन्तिम दिन सहभागीहरुले आ—आफ्नो व्यवसायिक योजना दक्ष व्यवसायीहरु त्था उद्योग व्यवसाय सम्बन्धी विभिन्न संस्थाका प्रतिनिधिहरु माझ प्रस्तुत गर्ने भएको छ ।

यस कार्यक्रमको आयोजकमा भने माछापुच्छ्रे बैंक, सिईसिआई र मिडभ्याली कलेज रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL