काठमाडौं । सरकारले नेकपा विप्लव समूह माथी प्रतिवन्ध लगाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले सो सुमह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सो समुहले केही समयअघि दूरसंचाल सेवा प्रदाय कम्पनी एनसेलमाथी आक्रमण गरेको थियो भने जसमा एक जनाले ज्यान समेत गुमाएका थिए । यसैगरी गतहप्ता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विस्फोट गरी आगजनी गरेको थियो ।
पछिल्लो समय विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । साथै चन्दा आतंक र व्वयसायीलाई धक्काउने तथा ज्यानै मार्नेसम्मको क्रियाकलापमा संलग्न भएको समेत सरकारको आरोप छ ।
यससँगै अबका दिनमा विप्लव समूहका नामबाट कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको बैंठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
केही समयअघि सरकारले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास गरेको थियो । तर, वार्तामा नआई विभिन्न अपराधिक क्रियाकलापमा लागेको भन्दै आज भएको मन्त्रिपरिषद्को बैंठले प्रतिबन्ध नै लगाउने निर्णय गरेको हो ।