Logo

विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिने उरुग्वेका पूर्वराष्ट्रपति मुजिकाको निधन

विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिने उरुग्वेका पूर्वराष्ट्रपति मुजिकाको निधन



काठमाडौँ । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । जोसे मुजिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो ।

२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व छापामार नेता मुजिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर समेत चिनिन्थ्यो ।

पूर्व राष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन, यद्यपि उनी अन्ननलीको क्यान्सरबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्