Logo

काठमाडौँको मखन गल्लीमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौँको मखन गल्लीमा आगलागी, निभाउने प्रयास जारी



काठमाडौँ । काठमाडौँको मखन गल्लीमा आगलागी भएको छ । बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास अहिले पनि जारी छ ।

अहिले स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहारी र नेपाली सेनाको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीमा एक जना परेको बताइए पनि पुष्टि हुन बाँकी रहेको छ ।

आगो निभाउन विभिन्न ६ दमकल प्रयोग गरिएको तर आगो नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्