Logo

४६ अर्ब बराबरको सहायता रकम बजेट बाहिरबाट खर्च

४६ अर्ब बराबरको सहायता रकम बजेट बाहिरबाट खर्च



काठमाडौं । संघीय मन्त्रालय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामार्फत सञ्चालन भएका परियोजनाहरूमा प्राप्त ४६ अर्ब १९ करोड ५२ लाखभन्दा बढी बराबरको प्राविधिक सहायता रकम लेखापरीक्षणबिना खर्च भएको खुलेको छ ।

महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार, १५ संघीय मन्त्रालय तथा निकायमार्फत १३१ परियोजनामा २१ अर्ब ८४ करोड, र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट १६८ परियोजनामा २४ अर्ब ३४ करोड बराबरको प्राविधिक सहायता प्राप्त भएको देखिन्छ।

तर, उक्त रकमबाट गरिएको खर्च सरकारी खातामा समेटिएर लेखापरीक्षण गरिएको छैन। महालेखापरीक्षकको कार्यालयले यस्ता सबै सहायता रकमलाई बजेट प्रणालीमा समावेश गरी लेखापरीक्षण गराउनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्