Logo

जलविद्युतले नेपालको ब्यापारघाटा कम गर्न सक्छ : उपराष्ट्रपती नन्दबहादुर पुन

जलविद्युतले नेपालको ब्यापारघाटा कम गर्न सक्छ : उपराष्ट्रपती नन्दबहादुर पुन



काठमाडौं । उपराष्ट्रपती नन्दबहादुर पुनले नेपालको ब्यापारघाटा कम गर्नमा जलविद्युत क्षेत्रको ठुलो योगदान रहने जानकारी दिएका छन ।प्रचुर मात्रामा जलविद्युतको उत्पादन गर्दै नेपाल बाहीरबाट आउने ईन्धन तथा विजुली स्वदेशकै प्रयोग गर्न सकिएमा ब्यापारघाटा कम गर्न सकिने उनको भनाई थियो ।

हिमालयन हाईड्रो एक्स्पो २०१९को उद्घाटन गर्दै उनले नेपालमा प्रचुर मात्रामा विजुलीको उत्पादन गर्दै ग्याँसको सट्टा विजुलीको प्रयोग गर्दै खाना पकाउनाले विदेशबाट आयात हुने ग्याँसको प्रतिश्थापन गर्न सकिने जानकारी दिए ।

उनले १ सय ७ बर्षमा जम्मा १ हजार मेगावाट विजुली मात्रै उत्पादन गर्नुमा नेपालको लज्जास्पद स्थीती रहेको बताउँदै अब नेपालले जलविद्युतको प्रचुरमात्रामा उत्पादन थाल्नुपर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिषंघ का अध्यक्ष हरीभक्त शर्माले नेपालको जलविद्युतको बजार सानो भएपनि सोही अनुसार बजार बढदै गएकाले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्तालाई आह्वान गरेका छन ।

यस्तै कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले विभिन्न उद्योग संचालन गर्नका लागि सरकारले भ्याटफिर्ताका नियम ल्यायपनि सोही अनुसार जलविद्युत क्षेत्रमा भने यसको प्रयोग नभएको बताएका छन । उनले नेपालमा लगानी गर्नका लागि वातावरण पनि त्यती सहज नभईसकेकाले विदेशी लगानीकर्तालाई आकर्षित गर्न नसकेको बताएका छन ।

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादक संघ ईप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले प्रदर्शनीमा विभिन्न परामर्शदाता कम्पीनी, बैंक, ईन्सुरेन्स कम्पनीलगायत १ सय भन्दा बढी स्टलहरु रहेका बताएका छन । यस्तै उक्त एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL