Logo

१२ गते धरहराको शिलान्यास हुँदै, प्रधानमन्त्रीले शिलान्यास गर्ने

१२ गते धरहराको शिलान्यास हुँदै, प्रधानमन्त्रीले शिलान्यास गर्ने



काठमाडौं । भुकम्पले भत्काएको धरहरा पुनर्निर्माणको शिलान्यास पुस १२ गते अर्थात यही बिहीबार हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै धरहराको शिलान्यास गर्ने भएका हुन । भुकम्पमा पुर्ण रुपमा भत्किएको धरहराको ३ बर्ष वितिसक्दा पनि पुनर्निमार्ण हुन सकेको थिएन ।

यस्तै २ महिनाअघि मात्रै नेपाल पुनर्निर्माण प्राधिकरणले जिआईईटिसी कम्पनीलाई उक्त धरहरा पुनर्निर्माण गर्ने जिम्मा दिएको थियो कम्पनीले धरहरा ३ अर्ब ४५ करोडमा निर्माण गर्ने सम्झौता गरेको छ ।

कम्पनीले हालसम्म फाउन्डेसनको काम गर्न थालेको भएपनि जमिनमुनी नेपाल टेलिकमको फाईबरले गर्दा जगको काममा बाधा आएको जानकारी दिएको छ । सो काममा बाधा आएसँगै फाउन्डेसनको काम गर्न केहि ढिलाई भएको हो । साथै हाल पुरानो धरहराको ठुटोलाई भने प्रोटेक्सनका लागि बार्ने काम भईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL