Logo

स्वाइनफ्लुबाट एमाले नेता ढकालको निधन,भोली दाहसंस्कार गरिदै

स्वाइनफ्लुबाट एमाले नेता ढकालको निधन,भोली दाहसंस्कार गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ चैत,काठमाडौं । एमाले नेता रामनाथ ढकालको निधन भएको छ । स्वइन फ्लु संक्रमित ढकालको उपचारको क्रममा निधन भएको हो । उनी नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्व सभासद हुन् ।

स्वाइन फ्लुबाट ग्रसित ढकालको धापासीस्थित ग्राण्डी अस्पतालमा गराइएको थियो । उनलाई केही समय अघि एयर एम्वुलेन्स मार्फत उपचारका लागि भारत लगिने बताइएको थियो ।

तर उनको स्वास्थ्यस्थिती एकदमै नाजुक रहेको भन्दै ग्राण्डीमै भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।

उनको शवलाई भोलि एमालो पार्टी कार्यालय बल्खुमा राखेर अन्तिम श्रदान्जली दिइने भएको छ । साथै, भोलि नै पशुपति आर्यघाटमा दाहसस्कार गरिने समेत स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL