Logo

नेउवा महासंघको स्थायी समितिको बैंठक बस्दै, अध्यक्षलगायतको विषयमा छलफल हुने

नेउवा महासंघको स्थायी समितिको बैंठक बस्दै, अध्यक्षलगायतको विषयमा छलफल हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आज स्थायी समितिको बैठक बोलाएको छ । भ्रष्टचार मुद्दामा जेल सजाय खेपिरहेका महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेका विषयमा छलफल गर्न स्थानी समिति वैठक बोलाइएको महासंघले जनाएको छ ।

साथै, आगामी दिनमा हुन लागेको महासंघको साधारणसभाको विषयमा पनि छलफल हुने महासंघ स्रोतले जानकारी दिएको छ । सो बैंठक दिउसो ३ बजे बस्ने भएको छ ।

माहासंघले आगामी २७ गते कार्यसमितिको बैंठक पनि बोलाएको छ । उक्त बैंठक तथा साधारणसभाले आगामी अध्यक्षको वारेमा टुङ्गो लगाउने समेत महासंघको भनाइ छ ।

कार्यसमिति वैठकलाई अध्यक्ष पद रिक्त गराउने बाध्यात्मक अवस्था सिर्जना भएको हुदाँ सोही बैंठकले अध्यक्षको पद रिक्त भएको घोषणा गर्दै नयाँ नेतृत्वका लागि प्रक्रिया शुरू गरिने समेत महासंघका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL